तस्वीर- ईटी

अन्तर्राष्ट्रिय

भारत सरकारद्वारा तेजस मार्क २ लडाकु विमानको विकासका लागि अनुमति प्रदान

By खबरहब

September 11, 2022

काठमाडौँ- भारत सरकारले तेजस लडाकु विमानको विकासका लागि अनुमति दिएको छ । भारत सरकारको मन्त्रिपरिषद् अन्तरर्गत सुरक्षा समितिले तेजस लडाकु विमानको विकासका लागि अनुमति दिएको हो ।

यससँगै अब भारतले तेजस मार्क – २ नामक लडाकु विमान निर्माणको काम थाल्नेछ । लडाकु विमानको निर्माण, परीक्षण र अनुमोदन प्रक्रियाका लागि ६ हजार ५ सय करोड भारतीय रुपैयाँभन्दा बढी लागत लाग्ने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

त्यसैगरी भारत सरकारले पाचौँ पुस्ताको नयाँ अत्याधुनिक लडाकु विमानको विकासका लागि पनि चाँडै अनुमति दिने अपेक्षा गरिएको एएनआईले जनाएको छ ।

पाचौँ पुस्ताको विमानको विकासका लागि भने १५ हजार करोड भारतीय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

नयाँ तथा शक्तिशाली जीई–४१४ इन्जिन जडित तेजस मार्क २ ले यसअघिको तेजन मार्क १ भन्दा धेरै लामो समयसम्म उडान भर्नसक्ने एवम् अझ धेरै हतियार बोक्नेसक्ने जनाइएको छ ।

नयाँ लडाकु विमानको परीक्षण उडान दुई वा तीन वर्षभित्र गरिसक्ने र यसको औपचारिक उत्पादन भने सन् २०३० सम्म भइसक्ने अपेक्षा गरिएको छ ।