राजनीति

एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिन्छन् : ओली

By खबरहब

November 11, 2022

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका छन् । शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेलाई सिद्धयाउने षड्यन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका हुन् । उनले देश विकासका सन्दर्भमा गठबन्धनलाई बोकेको कांग्रेसलाई एक्लै चुनाव लड्न आउन चुनौति दिए ।

ओलीले एक्लै चुनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तर्क गरे । कांग्रेसले समाजवादको कुरा गरेपनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उनले अहिले ढोडको बैशाखी टेकेर हिँडेको समेत बताए । उनले विदेशी देख्नेबित्तिकै पुच्छर लुकाउनेबाहेकसँग तालमेल गर्न सकिन्छ भनेर जसपा र राप्रपासँग केही सीटमा तालमेल गरेको धारणा राखे  । अबको निर्वाचनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्न नसक्ने र  प्रचण्ड पनि आफैँ विस्तारै सकिँदै जाने तर्क गरे ।

गठबन्धनले सरकार बनाएपछि मुलुक भ्रष्टाचारमा डुबेको उनले बताए । ओलीले अहिले टुक्राटुक्री जोडेर सरकार बनाउन दिन नहुने भन्दै एमालेले बहुमतसँगै सरकार बनाउने दाबी गरे ।