अन्तर्राष्ट्रिय

जर्मनीको पिटर अधिराज्य

By मनोज घिमिरे

December 11, 2022

जर्मनी भित्रको कुनै गाउँमा एक अदृश्य राज्य छ। अघोषित सीमा छ। त्यहाँ पुग्ने सबै जनाले नयाँ राज्यको अनुभव गर्न सक्छन्। ‘किङकम अफ जर्मनी’ एउटा स्वघोषित राज्य आफैले नयाँ राजा घोषित गरेका छन्।

त्यहाँका राजा पिटर द फस्टले राज सत्ताको महसुस गरेका छन्। राज्याभिषेकको १० वर्ष भइसकेको छ। स्वघोषित राजाले आफ्नै मुद्रा, प्रिन्ट भएका परिचयपत्र र आफ्नै झन्डासमेत तयार पारेका छन्। त्यहाँ २१ हजार जनाको जनसङ्ख्या छ। राज्यको नीतिले अर्को राज्यलाई स्वीकार गरेको छैन। युद्धकालीन जर्मनीपछि नयाँ राज्य सरकारका लागि स्वीकार्य छैन।

जर्मन संसद् र त्यहाँको मेयर हुने प्रयास असफल भएपछि उनले त्यहाँ नयाँ राज्यको अवधारणा ल्याएका हुन्।

जर्मन संसद् भवन अगाडि भएको हिंसामा सरिक भएका कारण २५ जनालाई गिरफ्तार गरेको छ। राजा पिटरले हिंसामा आफ्नो कुनै भूमिका नभएको प्रष्ट पारेका छन्। उनी आफूलाई भने जर्मन सरकार नै विध्वंसकारी र बिरामी लाग्छ। सरकारलाई फासीवादको एउटा हिस्सा ठाने उनी आफू त्यसमा सरिक हुन चाहँदैनन्। उनीसँग कुरा गर्न त्यहाँ कोही सञ्चारकर्मी पुगेमा त्यहाँ बत्तीको उज्यालो प्रकाश हुन्छ। त्यसपछि क्यामरा पनि अन हुन्छ। कसैले अन्तरवार्ता लिन चाहेमा या अन्य कुनै कुरा गर्न चाहेमा त्यसको रेकर्ड राख्ने गरिन्छ।

जर्मन संसद् र त्यहाँको मेयर हुने प्रयास असफल भएपछि उनले त्यहाँ नयाँ राज्यको अवधारणा ल्याएका हुन्। “जो मान्छे, इमानदार र प्रतिबद्ध छ, त्यसलाई जर्मनीमा स्थान छैन। जो भ्रष्ट छ र जर्मन सरकारको कुनै हिस्सामा पुगेर निजी लाभ मात्र लिन चाहन्छ, जर्मनीमा त्यसैको अवशेष छ”, ती राजाले भनेका छन्।

ती राजाको पुराको पुरा नाम पिटर फिटजेक हो। उनको गतिविधि नै जर्मन सरकारलाई एउटा चुनौती हो। साथै त्यहाँको कानुनमाथिको पनि ठाडो चुनौती हो। जर्मन सरकारले उसको राज्यको अस्तित्वलाई स्वीकार गर्ने कुरै भएन। उनी कतिपय पटक बिना कुनै लाइसेन्स यात्रा गर्ने गरेका छन्। साथै उनको आफ्नै स्वास्थ्य बिमाको कार्यक्रम विना धेरै गतिविधि गरेका छन्। जर्मन मुद्राको मूल्यलाई बेवास्ता गरेको आरोपमा उनलाई कयौँ पटक जेल चलान गरिएको थियो। तर, कुनै पनि आरोप पुष्टि गर्न पर्याप्त आधार नभएपछि उनी न्यायालयकै आदेशमा जेलमुक्त भएका थिए।

उनको जीवन र त्यो स्वघोषित राज्यको गतिविधि नियाली रहेको स्थानीय जर्मन गुप्तचर संस्थाले भने यो गतिविधिलाई एउटा ठूलो चुनौतीको रूपमा लिने गरेको छ। यो गतिविधिलाई अन्य घटनाक्रमले पनि साथ दिएको छ। कोभिड महामारीको कारण यो राज्य आफै त्यहाँ स्थापित हुने अवसर समेत पाएको थियो। कोभिड–१९ कै समयमा राज्यका समर्थक र सदस्यको सङ्ख्या ह्वात्तै बढेका थिए।

मुख्य सडकको छेवैमा ३९ जना व्यक्तिले त्यहाँ प्रवेश गर्ने हरेकलाई निगरानी गरिरहेका हुन्छन्। त्यहाँ अन्धकार जस्तो पनि लाग्छ। धेरै मानिस त्यहीबाट घर सफा गरिरहेको जस्तो पनि देखिन्छ। त्यहाँको पुरानो ग्रिनहाउसमा अझै केही बिरुवा र अन्य केही कुरा रोप्ने काम हुँदैछ।

फिटजेकको दाबी अनुसार उनलाई राजा मान्नेको सङ्ख्या पाँच हजार छ। उनले जमिन खरिद गर्दै राज्यको विस्तार गर्दै छन्। त्यही जमिन खरिदसँगै अन्य धेरै समुदायलाई आफ्नो राज्यमा स्थापित गर्न चाहन्छन्। राजाको दरबार भन्दा पर दुई सय ४० किलो मिटरबाट उनीहरूले आफ्नो सीमा निर्धारण गरेका छन्। बर्लिन भन्दा धेरै पर गएपछि त्यो स्थान आफै छुट्टिन थाल्छ।

मुख्य सडकको छेवैमा ३९ जना व्यक्तिले त्यहाँ प्रवेश गर्ने हरेकलाई निगरानी गरिरहेका हुन्छन्। त्यहाँ अन्धकार जस्तो पनि लाग्छ। धेरै मानिस त्यहीबाट घर सफा गरिरहेको जस्तो पनि देखिन्छ। त्यहाँको पुरानो ग्रिनहाउसमा अझै केही बिरुवा र अन्य केही कुरा रोप्ने काम हुँदैछ।

उनीहरू त्यस राजसत्ताको सदस्य हुन पाएकोमा तथा त्यो भूभागमा आफ्नो घर भएकोमा गर्व गर्ने गरेका छन्। त्यहाँ बसोबास गर्नेले जर्मन सरकारलाई कर तिर्दैनन्। सरकारले सञ्चालन गरेको विद्यालयमा मानिसलाई पठाउने गरेका पनि छैनन्। त्यो काम जर्मनीमा अवैध मानिन्छ। उनीहरूको आफ्नै कानुन र त्यही अनुसारको दायरा पनि छ। राजा पिटरले आफ्नै स्वास्थ्य संयन्त्र पनि खडा गरेका छन्।

“त्यहाँको स्थानीय राजसत्ताले अहिले सबै कुरा दिएको छ। आवास र भोजनको साथै जीवनमा आवश्यक पर्ने स्वास्थ्य सुरक्षालगायत सबै कुरा उपलब्ध गराइएको छ ”, भर्खरै त्यस राज्यको सदस्यता लिएका बेन्जामिनले भने।

बेन्जामिनले यसै महिना आफ्नो परिवार पिटर राजमै समर्पित गरेका छन्। उनीहरू सबैले अहिले फरक योजना बुनेका छन्। आधुनिक प्रविधिमा विश्वास गर्ने उनीहरू नयाँ प्रविधिको प्रयोग गर्दै सबै नागरिकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराउने कुरामा आफू प्रतिबद्ध भएको बताउँछन्।

पिटर राजले धेरै कुरा दिए पनि त्यस राज्यका मानिस राति सुत्ने समयमा केही समस्या सम्झेर सुत्ने गरेका छन्। उनीहरूका लागि जर्मन सरकार भन्दा बढी पिटर सरकार भरोसा बनेको छ।

सबै भन्दा आश्चर्य त उनीहरू कसैले पनि कोभिडविरुद्धको भ्याक्सिन लगाएनन्। जर्मन सरकारले भ्याक्सिन प्रयोगमा ल्याएपछि जर्मनीमा विरोध प्रदर्शन भएको थियो। त्यो प्रदर्शनमा त्यहाँका अधिक मानिसहरू सरिक भएका थिए। “यहाँको मानिस अहिले आफू षडयन्त्रकारी सिद्धान्तको सिकार भएको महसुस गरी रहेका छन्”, बेन्जामिनले भनेका छन्।

पिटर राजले धेरै कुरा दिए पनि त्यस राज्यका मानिस राति सुत्ने समयमा केही समस्या सम्झेर सुत्ने गरेका छन्। उनीहरूका लागि जर्मन सरकार भन्दा बढी पिटर सरकार भरोसा बनेको छ। तर, त्यहाँ धेरै जोखिम पनि नभएको होइन। उनीहरूले समुदाय राजनीतिका बारे धेरै कुरा सोच्ने गरेका छन्।

उनीहरूको बच्चा कहाँ छन्। उनीहरूले कसरी त्यहाँ काम गर्छन् भन्ने धेरैको चिन्ताको विषय हो। त्यस सानो पिटर सत्ता जर्मन सरकारका लागि अहिले मजाकको विषय बनेको छ। त्यो विषय नै राज्यको गम्भीर समस्या हुन सक्ने धेरै विज्ञ बताउँछन्।

सन् २०११ मा पिटरको अधिराज्य घोषणा भएको थियो। उनको अधिराज्यको मुद्राको नाम “इन्गेज्गेल्ड” हो। उनको हुलिया पनि राज खानदानको जस्तै छ। खाइलाग्दो शरीरका उनी टाइट कालो प्यान्टमा हुने गर्छन्। कालो सर्ट लगाउने उनको पोसाकका खल्तीहरू पनि त्यत्तिकै रहने गरेका छन्। उनी झट्ट हेर्दा नाजी जस्तो होइनन् हिप्पी जस्ता देखिन्छन्। उनको वाद “रेइच” हो। यसको मतलब विगत बिर्सने अधिकार नागरिकले किन नपाउने प्रश्न उठाउन किन नपाउने भन्ने हो। उनको हिट्लरको कार्यकालको थुप्रै स्मरण राखेका छन्। उनले अहिले पनि जर्मनी सरकारसँग उनको नागरिकलाई शासन गर्ने कुनै अधिकार नभएको कुरा बारम्बार जिकिर गरिरहेका छन्।

मूल सत्तालाई चुनौती दीने प्रान्तीय सरकार र पृथकतावादी गतिविधि संसारका धेरै देशमा भएका छन्। प्राय गरिब देशमा केन्द्रीय सत्तासँग आक्रोश हुँदै यसमा असहमति जनाउनेको जमात हुने गर्छ। जर्मनी जस्तो विकसित देशमा पनि राज्यको मूलधारमा असहमतिसहित नयाँ अधिराज्यको घोषणा साँच्चै अस्वाभाविक हो।

बर्लिनको पर्खाल भत्कनु अगाडि नै पिटरको जन्म पूर्वी जर्मनीमा भएको थियो। उनको चाहना शिक्षक बन्ने थियो। आफूले चाहेको जस्तो शिक्षा पाउन नसकेपछि उनको त्यो चाहना त्यत्तिकै मरेको थियो। सुरुमा कुक तालिम लिएर धेरै रेस्टुरेन्टमा उनले काम गरेका थिए। त्यस पछि उनले भिडियोग्राफी सेन्टर र त्यस पछि वार पनि चलाएका थिए।

उनी आफैले केन्द्रीय बैंकको समेत घोषणा गरे। त्यस बैङ्क जर्मन सरकार र युरोपेली युनियनसँग कुनै सरोकार नभएको बैंक भएको पिटर बताउँछन्। त्यहाँ शून्य मौजातमा खाता खोल्ने सुविधा छ।

छोटो समयमा धेरैको मन जितेको त्यो बैंकको निक्षेप दिन दिनै बढ्न थालेको थियो। सन् २०१३ मा नै यसको प्रभाव असाध्य बढेको होे। मूल सत्तालाई चुनौती दीने प्रान्तीय सरकार र पृथकतावादी गतिविधि संसारका धेरै देशमा भएका छन्। प्राय गरिब देशमा केन्द्रीय सत्तासँग आक्रोश हुँदै यसमा असहमति जनाउनेको जमात हुने गर्छ। जर्मनी जस्तो विकसित देशमा पनि राज्यको मूलधारमा असहमतिसहित नयाँ अधिराज्यको घोषणा साँच्चै अस्वाभाविक हो। स्रोत : बीबीसी मियाडब्लु