आर्थिक

भाडादर बढाएको भन्दै उद्योग महासंघद्वारा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा तालाबन्दी

By खबरहब

December 11, 2022

काठमाडौँ- औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले तालाबन्दी गरेको छ ।

महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा भाडादर फिर्ताको माग गर्दै आज तालाबन्दी गरेको हो । असमान अन्यायपूर्ण तथा विभेदकारी भाडावृद्धिको खारेजी, सबै उद्योगमा एकल भाडादर कार्यान्वयन, वार्ता र सहमतिमा नयाँ भाडादर निर्धारणजस्ता माग राखेको छ ।

निर्यात प्रवर्द्धन गर्ने र उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले नै जिम्मेवारीबाट पन्छिँदै उद्योगीमाथि भार थोपर्ने कार्य गरेको भन्दै महासंघले विरोध जनाएको हो ।

औद्योगिक प्रवर्द्धन एजेन्सीको रूपमा काम गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग नै चल्न नसक्ने गरी भाडावृद्धि गरेको महासंघको ठहर छ ।