फाइल फोटो

राजनीति

प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ सांसदको प्रतिनिधित्व रहने

By खबरहब

December 11, 2022

काठमाडौँ- नयाँ प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ जना सांसदको प्रतिनिधित्व रहने भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षमार्फत ३२ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत २१ जना गरी मधेश प्रदेशबाट ५३ जनाले प्रतिनिधिसभामा प्रतिनिधित्व जनाउने भएका हुन् ।

मधेश प्रदेशमा आठवटा जिल्ला छन् र प्रत्येक जिल्लामा चारवटा निर्वाचन क्षेत्र छन् । ती निर्वाचन क्षेत्रबाट ३२ जना प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिकबाट २१ जना सहभागी हुने भएका हुन् ।

२७५ जना रहने प्रतिनिधिसभामा ५३ जना सहभागी हुने भएपछि यस प्रदेशबाट १९.२७ प्रतिशतको प्रतिनिधित्व रहने भएको हो । समानुपातिकबाट १६ महिला र ५ पुरुष सहभागी हुनेछन् ।

जसमध्ये एमाले र कांग्रेसले मधेश प्रदेशबाट ६–६ जनाको नाम सिफारिस गरेका छन् । साथै जनमत पार्टीले तीनजना, माओवादी केन्द्रले दुई, जसपाले दुई जना, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र राप्रपाले एकजनाको नाम सिफारिस गरेको छ । २१ जनामध्ये आदिवासी जनजातिबाट दुईसहित १६ महिला तथा एक दलितसहित पाँचजना पुरुष रहेका हुन् ।