फाइल तस्वीर

राजनीति

निर्वाचन आचारसंहिता फुकुवा

By खबरहब

December 11, 2022

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि फुकुवा गर्ने निर्णय गरेको छ । आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागू रहेको आचारसंहिता २६ गतेबाट लागू नरहने निर्णय गरेको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागू गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए ।