सांकेतिक तस्बिर

समाचार

स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

By खबरहब

December 11, 2022

काठमाडौँ- काठमाडौँको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको बसको ठक्करबाट २९ वर्षीय सुवासचन्द्र रतेलाको आज बिहान मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते रतेलाको उपचारका क्रममा बिहान १० बजे वयोधा अस्पताल बल्खुमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । स्कुल बसले रतेलाले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घटना बिहान ८ बजेर ३५ मिनेटमा भएको थियो । बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेला सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । बस चालकलाई भने महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।