तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

पाकिस्तानी सेना बलुचिस्तानको विद्रोह दबाउन चिनियाँ ड्रोन प्रयोग गर्दै

By खबरहब

December 11, 2022

काठमाडौँ- बलुचिस्तान प्रान्तमा विद्रोह दबाउन पाकिस्तानी सेनाले चीनमा निर्मित चालकरहित हवाई उपकरण ‘ड्रोन’ प्रयोग गर्ने गरेको पाइएको छ । युरेशियन टाइम्सका अनुसार पाकिस्तानले बलुचिस्तानमा विद्रोह दबाउन चीनमा निर्मित सीएच ४बी ड्रोन प्रयोग गर्ने गरेको छ ।

पाकिस्तानी सेनाले बलुचिस्तानको विद्रोह दबाउनका लागि वर्षौँदेखि लडाकु विमान र हेलिकोप्टरको प्रयोग गर्ने गरेको भएपनि चिनियाँ ड्रोन प्रयोग भएकोबारे भने पछिल्लोपटक मात्र खुलासा भएको हो ।

यसअघि पाकिस्तानी सेनाले बलुचिस्तानको बोलन क्षेत्रमा बलुच विद्रोहीविरुद्ध ठूलो स्तरको सैनिक कारवाही गरेको बताइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानी सेनासँग चीन र टर्कीमा निर्मित ड्रोनको भण्डार रहेको छ ।