फाइल फोटो

समाचार

भारतमा एकै दिन एक लाख ८५ हजार कोरोना संक्रमित थपिए

By खबरहब

January 12, 2022

काठमाडौँ – भारतमा एकै दिन एक लाख ८५ हजार ११२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४५ हजार १७७ जना कोरोनामुक्त भएका छन् भने १४६ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ६१ हजार २३५ पुगेको छ ।

भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दूमा पुग्ने क्रममा रहेको छ ।

यूरोपमा संक्रमणदर सर्वाधिक बढेका बेला त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि परेको हो ।