समाचार

एमाले सुर्खेतको अध्यक्षमा बिसी निर्वाचित

By खबरहब

January 12, 2022

वीरेन्द्रनगर – नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृतकुमार बिसी निर्वाचित भएका छन् ।

मंगलबार राती भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रत्यासी डण्डी शर्मालाई हराउँदै बिसी अध्यक्षमा विजयी भएका हुन् । बिसीले ३६८ मत ल्याउँदा शर्माले २६७ मत ल्याए ।

उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, घनश्याम पाण्डे र उपसचिवमा बलवहादुर नेपाली विजयी भएका छन् ।