खेलकुद

नाइजेरियाले इजिप्टलाई हरायो

By खबरहब

January 12, 2022

काठमाडौँ – अफ्रीका कप अफ नेसन्समा नाइजेरियाले इजिप्टलाई १-० गोल अन्तरले हराएको छ।

मंगलबार राति भएको खेलमा नाइजेरियाले सुखद सुरुआत गरेको हो ।

नाइजेरियाको जितमा केलिची इहानाचोले ३० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यस जितसँगै समूह डी मा ३ अंक जोडेको नाइजेरिया शीर्ष स्थानमा रहेको छ ।

इजिप्टले भने हारबाट सिजनको सुरुआत गरेको छ ।