फाइल फोटो

राजनीति

एमाले जिल्ला अधिवेशन : दुई विशेषसहित ५६ जिल्ला कमिटीमा नेतृत्व चयन

By खबरहब

January 12, 2022

काठमाडौँ – नेकपा एमालेको गत शुक्रबारदेखि जारी अधिवेशनमार्फत हालसम्म ५४ जिल्लाको नेतृत्व चयन भएको छ ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालकाअनुसार आज (बुधबार) बिहान ७ बजेसम्म ५४ जिल्ला र २ विशेष जिल्ला कमिटीमा नेतृत्व चयन भइसकेको छ।

गत शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५८ जिल्लामा नेतृत्व चयन गरेको हो।

हेर्नुहोस् कुन जिल्लामा को चुनिए ?

१. झापा- दीपक कार्की २. पाल्पा- धनेन्द्रराज घिमिरे ३. दाङ- हुकुमबहादुर बस्नेत ४. डोल्पा- शेरबहादुर बुढा ५. सल्यान- गोविन्द पुन ६. बर्दिया- लालबहादुर श्रेष्ठ ७. बॉके- किस्मतकुमार कक्षपति ८. धादिङ- भूमि त्रिपाठी ९. अर्घाखाची- पीताम्बर भुसाल १०. मोरङ- ऋषिकेश पोखरेल ११. काभ्रे- अशोक ब्याञ्जु १२. भक्तपुर- बचन देउजा १३. गुल्मी- बालसिंह काउछा १४. खोटाङ- रामप्रसाद दंगाल १५. सप्तरी- ताराकान्त चौधरी १६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ १७. धनकुटा- इन्द्रमणि पराजुली १८. रसुवा- कर्णेल लामा १९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी २०. कपिलवस्तु- डम्बर शर्मा २१. नुवाकोट- बद्रीप्रसाद मैनाली २२. तेह्रथुम- तेजमान कन्दङ्वा २३. रुपन्देही- तेजेन्द्र केसी २४. लमजुङ- कृष्णप्रसाद अधिकारी २५. पॉचथर- राजकुमार भण्डारी २६. रामेछाप- आनन्द श्रेष्ठ २७. गोरखा- प्रेमबहादुर गुरुङ २८. मकवानपुर- एकलाल श्रेष्ठ २९. डडेल्धुरा- प्रकाश सावँद ३०. भोजपुर- शरण राई ३१. बैतडी- सुरेन्द्र पाल ३२. म्याग्दी- देवेन्द्र केसी ३३. जुम्ला- शान्तिलाल महत ३३. काठमाडौं- दीपक निरौला ३४. ललितपुर- पुरुषोत्तम आचार्य ३५. सिन्धुली- कुमारबहादुर कार्की ३६. इलाम- महेश बस्नेत ३६. बाग्लुङ- हिरा केसी ३७. सोलुखुम्बु- डुफकुमार बॉस्तोला ३८. प्युठान- विजयविराज विष्ट ३९. पर्वत- राजुप्रसाद पौडेल ४०. डोटी- चक्र मल्ल ४१. रुकुम पश्चिम- नन्दराम देवकोटा ४२. उदयपुर- परमेश्वर घिमिरे ४३. दोलखा- नरबहादुर श्रेष्ठ ४४. नवलपरासी (पूर्व)- मुक्तिराम पाण्डे ४५. ओखलढुंगा- शंकर कटवाल ४६. सिराहा- चन्द्रेश्वर मण्डल ४७. कैलाली- रतन थापा ४८. ताप्लेजुङ- भुपेन्द्र थेबे ४९. बाजुरा- कालीबहादुर शाही ५०. स्याङ्जा- सूर्य गैरे ५१. दार्चुला- प्रेमसिंह धामी ५२. जाजरकोट- खिमबहादुर शाही ५३. सुर्खेत- अमृत बीसी ५४. कास्की- मनबहादुर गुरुङ

विशेष जिल्ला कमिटी १. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ २. पेशागत विशेष- उमेश ढकाल