समाचार

सुनको मूल्य ६ सय बढ्यो, चाँदीको कति ?

By खबरहब

January 12, 2022

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पाँच रुपैयाँले बढेर प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ ।