सांकेतिक तस्बिर

देश/प्रदेश

मिलमा सल बेरिएर महिलाको मृत्यु

By खबरहब

January 12, 2022

अछाम– चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ ।

साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।

धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ । उनका दुई छोरा दुई छोरी छन् ।