सांकेतिक तस्वीर

देश/प्रदेश

मिलमा बेरिएर मृत्यु

By खबरहब

January 12, 2022

डोटी– अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला बुधबार सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उनको मृत्यु भएको श्रीमान् शङ्करमानले जानकारी दिए।