प्रहरी

प्रहरी प्रवक्तामा डीआईजी आचार्य

By खबरहब

January 12, 2022

काठमाडौँ– प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यले नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी आचार्यलाई बुधवारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।

अर्को निर्णय नहुञ्जेलका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रवक्तामा यसअघि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर थिए।