फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थप एक लाख २६ हजार कोरोनामुक्त

By खबरहब

February 12, 2022

काठमाडौँ – भारतमा पछिल्ला केही सातादेखि कोरोनाबाट निको हुनेको दैनिक संख्या एक लाखभन्दा माथि छ ।

पछिल्लो २४ घण्टामा मात्रै एक लाख २६ हजार संक्रमितले कोरोना जितेका छन् ।

अघिल्लो साता उच्च बिन्दूमा पुरेर ओरालो लागेको कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण दर अहिले घटेको छ ।

पछिल्लो एक दिनमा मात्रै ४८ हजार ४८१ जना संक्रमित थपिएका छन् भने ८०४ जना संक्रमितको मृत्यु भएको छ । संक्रमण दर घटे पनि मृत्यु हुनेको संख्या भने घटेको छैन ।

भारतमा हाल सकृय संक्रमितको संख्या ६ लाख १९ हजार छ ।