समाचार

आजदेखि मौसममा पूर्ण सुधार

By खबरहब

February 12, 2022

काठमाडौँ -मौसममा पूर्ण रुपमा सुधार आएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा वर्षा र हिमपातको सम्भावना छैन ।

पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि पहाडी भेगमा आंशिक बदली मात्र रहने आँकलन गरिएको छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार राति भने प्रदेश १, बागमती प्रदेशका पहाडी भूभागका आंशिक बदली रहने आँकलन गरिएको छ ।