फाइल फोटो

समाचार

प्रदेश स्थापना दिवस लुम्बिनी सरकारले तीन दिनसम्म मनाउने 

By खबरहब

February 12, 2022

बुटवल – लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार फागुन १–३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।

प्रदेशको राजधानी दाङ तोकिएकाले सोही स्थानमा तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।

कोभिड संक्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रतिकात्मक रूपमा स्थापना दिवस मनाउने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री शर्माले जानकारी दिएका छन् ।