सांकेतिक तस्बिर

समाचार

बर्दियामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

February 12, 2022

बर्दिया– बर्दियाको बाँसगढीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

शनिबार बठुवा–ठाकुरबाबा सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारुको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पु¥याएर फर्किने क्रममा भे. २ त १३१६ नम्बरको ट्रयाक्टर पल्टिएको हो । अन्य घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।