सांकेतिक तस्बिर

समाचार

२३४ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

February 12, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३४ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २०० कोरोना संक्रमितको आईसीयूमा र ३४ को भेन्टिलेटरमा गरी कुल २३४ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २१ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेस प्रदेश मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १३६ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ८ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २१ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा र सुदुरपश्चिममा ९ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।