मुख्य समाचार

एमसीसीका विषयमा शीर्ष नेताहरूबीच सहमति जुटेन

By खबरहब

February 12, 2022

काठमाडौँ– एमसीसीका विषयमा सहमति जुटाउन बसेको प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीचको बैठक बिनानिष्कर्ष सकिएको छ ।

शनिबार एमसीसीमा केन्द्रित भएर प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

बालुवाटारमा भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले फागुन २ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव पेश गर्ने बताएका थिए । तर, अध्यक्षद्वय दाहाल र नेपालले एमसीसी अहिले अगाडि नबढाउन सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमसीसीलाई लिएर गठबन्धनका शीर्ष नेताहरूले फरक–फरक धारणा राख्दै आएका छन् । दाहाल र नेपालले संशोधन गरेर मात्र एमसीसी अघि बढाउनुपर्ने जिकिर गर्दै आएका छन् ।