फाइल फोटो

मुख्य समाचार

बार एशोसिएशनले भोलिबाट पुनः भौतिक रूपमा आन्दोलन थाल्ने

By खबरहब

February 12, 2022

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघर्षरत नेपाल बार एशोसिएशनले भोलिबाट भौतिक रूपमै पुनः आन्दोलन गर्ने निर्णय गरेको छ ।

एशोसिएशनले विज्ञप्ति जारी गरी फागुन १ गतेदेखि हरेक दिन भौतिक रूपमा १ घण्टासम्म सर्वोच्च अदालतकेन्द्रित आन्दोलन जारी रहने जनाएको हो ।

न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणका लागि भन्दै कानुन व्यवसायीहरूले आन्दोलन गर्दै आएका छन् ।

उनीहरूले न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन र प्रधानन्यायाधीश जबराको राजीनामा हुनुपर्ने माग राख्दै आएका छन् ।

बारले कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट गर्दै आएको विरोधका कार्यक्रम अब भने भौतिक रूपमै गर्न लागेको हो ।