समाचार

भारतीय नागरिकको हत्याको आरोपमा दुई जना पक्राउ

By खबरहब

March 12, 2022

कैलाली– कैलालीको धनगढीमा भारतीय नागरिकको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

सोमबार धनगढी–५ शिवनगर र जाई जोड्ने सडकनजिक नालीमा भारतको उत्तरप्रदेश शाहजापुराका ४२ वर्षीय कुलदीप गुप्ताको शव भेटिएको थियो ।

गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनीहरूले गुप्ताको हत्या गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

गुप्ता अभियुक्त राजेन्द्रको अटोमा घर गइरहेका बेला भाडाको विषयमा विवाद भएको र त्यही कारणले उनीहरूले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ ।

गुप्ता धनगढी शिवपुरीधामनजिक डेरा लिएर बस्दै आएका थिए ।