ज्याेतिष

आज शनिबार शनिदेवको पूजामा यी कुराको ख्याल राख्नुहोस्, तेल कसरी चढाउने ?

By खबरहब

March 12, 2022

हिन्दु धार्मिक मान्यता अनुसार शनिदेव न्यायका मूर्ति मानिन्छन् । जीवनमा आइरहेको कष्ट, कुनै पनि प्रकारको दशा, ग्रह लगायतको निवारण शनिको आराधनाबाट सम्भव हुने धार्मिक मान्यता छ । यसकालागि शनिदेवको पूजामा केही कुराको ख्याल भने गर्नुपर्ने हुन्छ ।

शनिदेवको पूजामा यी कुराको ख्याल राख्नुहोस् ।

–  मन्दिरमा पूजा गर्दा शनिदेवको दृष्टि तर्फ पर्नु हुँदैन । – शनिदेवको सामुन्ने नजर मिलाएर दर्शन गर्नु हुँदैन । – शनिदेवको आँखामा हेरेर पूजा गर्नु हुँदैन । उनको चरणमा हेरेर पूजा गर्नु पर्दछ । – शनिवारका दिन हनुमानको पूजा गर्दा पनि शनिदेव प्रसन्न हुने गर्दछन् ।

तेल चढाउँदा यी कुराको ध्यान राख्नुहोस् ।

– शनिवार पीपलको रुखमा शनिदेवको मूर्ति नजिकै तेल चढाउनु पर्दछ । – तेल चढाउँदा यसलाई अन्यत्र पोखिनबाट बचाउनु पर्दछ । – चढाउन सम्भव नभए सो तेल गरीबलाई दान दिनु पर्दछ । – शनिवारका दिन कालो तिल र सख्खर कमिलालाई ख्वाउनु पर्दछ । – यस अलावा शनिवार छालाका जुत्ता दान गर्नु पनि शुभ मानिन्छ ।