रोचक/विचित्र संसार

साढे दुई लाखको फूल, यस्यो छ रहस्य

By खबरहब

March 12, 2022

केही मानिस फूलको यति धेरै सौखिन हुन्छन् कि जति पनि मूल्य हाल्न तयार हुन्छन् । हालै एउटा यस्तै घटना भएको छ, अनलाइनमा लिलामी राखिएको एक फुलको खरिदको घटना । यसको मूल्य यति धेरै लगाइयो कि सुन्ने जोकोही चकित पर्छन् ।

वसन्त ऋतुमा हिमाली क्षेत्रमा फुल्ने स्नोड्रप बल्ब नामक फूलको लिलामी लाखौँमा भएको छ । बेलायतमा अत्यधिक माग रहेको स्नोड्रप बल्बलाई विशेष तरीकाले उमारीयो र अनलाइन लिलामीमा राखियो ।

बेलायतको कैन्ब्रिजशायरको कटनहैमका जो शरमनले गोल्डन फ्लीस नामको स्नोड्रप बल्ब बेचे । करिब १८ वर्षमा विकसित भएको यस फूललाई करिब १ हजार ८ सय ५० युरोमा बेचिएको छ अर्थात् यस फूललाई करिव साढे दुई लाख नेपाली पर्न गयो ।