अन्तर्वार्ता

‘रुस-युक्रेन युद्धले अर्थतन्त्र टाट पल्टिन सक्छ’

By खबरहब

March 12, 2022

रुस युक्रेन युद्धले महंगी बढ्दै गएको छ। इन्धनको मूल्य बढ्दा ढुवानीको दर बढ्ने हुँदा बजारमा मूल्यवृद्धि चर्को बन्दै गएको हो। अत्यावश्यक इन्धन, ग्यास र निर्माण सामग्रीको मूल्य थेगिनसक्नु भएको छ। रुस र युक्रेन युद्धको असर र बजारमा देखिएको मूल्यवृद्धिका विषयमा खबरहबका लागि धिरज बस्नेतले अर्थविद् चन्द्रमणि अधिकारीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश :

रुस र युक्रेनबीचको जारी युद्धको नेपाली अर्थतन्त्र कुन हदसम्म प्रभावित हुने खतरा छ ? यसलाई दुई किसिमले हेर्नुपर्छ। एउटा अल्पकालीन असर, अर्को दीर्घकालीन असर। अल्पकालीन असरका रुपमा खाने तेल, सुन, पेट्रोल, डलर लगायतको मूल्य ह्वात्तै बढिसेको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसले ढुवानीमा असर गर्छ, सुन र डलरको मूल्य बढ्दा हाम्रो मुद्रा कमजोर हुन्छ। हरेक वस्तु आयात गर्दा महंगोमा गर्नुपर्छ। र, बजारमा स्वभाविक ढंगबाट हरेक वस्तुको मूल्य बढ्छ। यसको सिधा असर नेपालीको भान्सामा पर्छ। खाध्यान्नसहितका कयौं वस्तुको मूल्य बढिसकेको छ। अहिले खाने तेल मात्रै होइन, तरकारी, मासु, चामल, दाल, फलफूलदेखि हरेक वस्तुको मूल्य आकाशिसकेको छ। यो क्रम अझै बढ्दै जाने खतरा देखिन्छ। यो अल्पकालीन असर हो।

हाम्रो मुद्रा झन्झन् कमजोर हुने, डरलको सञ्चिति घट्ने जस्ता कारण हामीले वस्तु आयात नै गर्न नसक्ने अवस्था निम्तिन सक्छ। आफ्नै उत्पादन नभएका हाम्रो जस्ता देशका लागि यो खतराको घन्टी हो।

दीर्घकालमा हाम्रो मुद्रा झन्झन् कमजोर हुने, डरलको सञ्चिति घट्ने जस्ता कारण हामीले वस्तु आयात नै गर्न नसक्ने अवस्था निम्तिन सक्छ। आफ्नै उत्पादन नभएका हाम्रो जस्ता देशका लागि यो खतराको घन्टी हो। ७० प्रतिशत वस्तु विदेशबाट आयात गरेर खाने हाम्रो देशका लागि यसले ठूलो समस्या निम्त्याउन सक्छ। हरेक वस्तुको कच्चा पदार्थदेखि निर्माण सामग्रीको मूल्य बढेर जानेछ।

विश्व अर्थतन्त्रमा यो युद्धले कस्तो खालका खतराहरु निम्त्याउँछ ? जब पेट्रोलियम पदार्थको मूल्य बढ्छ, सुन र डलरको भाउ उकालो लाग्छ। त्यसले त पुरै विश्वलाई स्वभाविक रुपमा नै प्रभावित गर्छ। अझै यी दुई देश जो युद्धको मोर्चामा छन् तिनीहरु पेट्रोल, ग्यास र खनिज निर्यात गर्ने देश हुन्। युद्धका कारण निर्यात ठप्प पारेपछि ती देशमा निर्भर भएका धेरै देश प्रभावित भइसकेका छन्। चेतावनी दिए पनि अहिलेसम्म रुसले युरोपमा निर्यात गर्दै आएको तेलमा प्रतिबन्ध लगाएको छैन्। यदि प्रतिबन्ध लगाएको अवस्थामा तेलको मूल्य आकाशिने निश्चित छ। यसले ठूलो असर पुर्याउँछ विश्व अर्थतन्त्रमा। भारतकै कपिपय उद्योगहरु रसियाबाट कच्चा पदार्थ ल्याउन नसकेका कारण संकटमा परिसकेका छन्।

खाद्य संकट समेत निम्तिने सम्भावना बढ्दै गएको छ। गहुँ र जौ उत्पादक देश हुन् रसिया र युक्रेन। त्यो विश्व बजारमा पुग्छ। युद्धका कारण उत्पादन कम हुने र बाहिर निर्यात नहुने भएपछि त्यसको असर देखिन्छ।

त्यसैगरी खाद्य संकट समेत निम्तिने सम्भावना बढ्दै गएको छ। गहुँ र जौ उत्पादक देश हुन् रसिया र युक्रेन। त्यो विश्व बजारमा पुग्छ। युद्धका कारण उत्पादन कम हुने र बाहिर निर्यात नहुने भएपछि त्यसको असर देखिन्छ। युद्धले रसायनिक मलको उत्पादन कम हुने भएपछि यो झनै चरम अभाव हुने देखिन्छ। युद्धले खाद्य संकट निम्तिन सक्ने खतरा बढ्दै गएको छ। यसले महंगी बढाउन सक्छ।

के आर्थिक मन्दी देखा पर्न थालिसकेको हो ? आर्थिक मन्दिको स्थिति देखा पर्न थालिसक्यो। मान्छेको हातमा पैसा कम हुन थाल्यो, पैसा कम भएपछि किन्ने क्रम घट्छ। किन्न खोज्यो चिज पाउँदैन् वा मूल्य अधिक तिर्नु पर्ने हुन्छ। हिजो पाँचवटा सामान आउने पैसाले आज दुईवटा सामान पाउनसमेत मुस्किल पर्ने अवस्था आएको छ। अब त जनजीवन कष्टकर हुन सुरु गरिसक्यो।

नेपालजस्ता देशले युद्धको असर कम पर्ने गरी वैकल्पिक मार्गबाट बाँच्न सोच्नु पर्ने बेला आएको हो ? सोच्नु पर्ने बेला भएको होइन, ढिला भैसक्यो। हामी अप्ठेरोमा अहिलेको कारणले मात्रै परेका होइनौं। अहिले चाहिँ मूल्यवृद्धिसँगै छिटो छिटो असर पर्दै गएको देखिन्छ। तर, हामीले तीनवटा तहमा हेर्नुपर्ने हुन्छ। हामीले राजनीतिक परिवर्तन अनुसार त्यसलाई धान्ने अर्थतन्त्र निर्माणमा ध्यान दिएनौँ।

देशमा उत्पदान नबढाउने विदेशबाट ल्याएर खाने बानीको मात्रै विकास भयो। जसका कारण अर्थतन्त्र झन् झन् कमजोर बन्दै गएको छ। कोभिडको असरले सरकारले लिएको साढे ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य महामारीसँगै हावाले उडाइदियो।

उत्पादन बढाउन कुनै खालको अग्रसरता र सक्रियता नै देखाएनौं। उत्पदान नबढाउने विदेशबाट ल्याएर खाने बानीको मात्रै विकास भयो। जसका कारण अर्थतन्त्र झन् झन् कमजोर बन्दै गएको छ। यसमा कोभिडको असर थपियो। सरकारले साढे ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो तर महामारी भित्रिएसँगै त्यो लक्ष्य हावाले उडाइदियो। महामारीले सिर्जना गरेको परिस्थितिलाई खेलाँची रुपमा लिएर सरकारले एकैचोटी लकडाउन गर्यो। तयारीका लागि समय थियो, तर सामान्य छलफलसमेत नगरी सरकारले झ्यामझुम देशै बन्द गरिदियो। त्यसले हाम्रो अर्थतन्त्रलाई निकै ठूलो धक्का दिएको छ। पटक पटक गरेर ६ महिनाभन्दा लामो समय पुरै आर्थिक क्रियाकलाप ठप्प हुँदा त्यसले साना व्यवसायीलाई पलायन गर्यो। गरिबी झन् बढायो। अब रुस र युक्रेनको युद्धले फेरि समस्या थप्दैछ। यसले मुलुकलाई झन् अप्ठेरोमा पार्नसक्छ।

सरकार कहाँ कहाँ चुक्यो ? धेरै परको कुरा नगरौँ। कोभिडको बेलादेखिको कुरा गर्ने हो भने, त्यो बेला तयारी बिनै झयामझुम देश बन्द गरेर सरकारले गल्ती गर्यो। आएका अवसर खेर फाल्यो। कोभिडका कारण हजारौं युवा परदेशबाट स्वदेश फर्किएका थिए। उनीहरुलाई यहि उत्पादनमा लगाउन सकेको भए, कृषि र उद्योगलाई जोड दिएर कार्यक्रम अघि सारेको भए परिस्थिति अर्कै हुने थियो।

राष्ट्र बैंकले एउटा वैदेशिक मुद्रा बाहिर नजाओस भन्ने कुरामा बढी ध्यान केन्द्रित गरेको छ। अर्को अनुत्पादक क्षेत्रमा कर्जा नजाओस् भन्ने विषयमा ध्यान दिएको छ।

सरकारले आन्तरिक उत्पादन बढाउन सकेन। दुरदर्शी काम गर्ने भन्दा क्षणिक लाभमा रमाउने प्रवृति बढ्दै गयो। भ्रष्टाचार संस्थागत हुँदै गयो। अनियमितता जालो फैलिदै गयो। यो सबैको असर अहिले हामी भोगिरहेका छौं। अझै खतरनाक स्थिति भोग्नु पर्ने अवस्था आउनसक्छ।

सुन आयात र कर्जा प्रवाहमा गरेको कडाई तथा डलर बाहिरिने क्रमलाई निरुत्साहित गर्ने राष्ट्र बैंकको नीतिले के संकेत गर्छ ?

अहिले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् दुई वटा काम गरेको देखिन्छ। एउटा वैदेशिक मुद्रा बाहिर नजाओस भन्ने कुरामा बढी ध्यान केन्द्रित गरेको छ। अर्को अनुत्पादक क्षेत्रमा कर्जा नजाओस् भन्ने विषयमा पनि राष्ट्र बैंकले ध्यान केन्द्रित गरेको छ। यो दुबै कुराले आर्थिक कृयाकलापलाई खुम्च्याइदै छ भन्ने प्रष्ट संकेत गर्छ। विशेदी मुद्रा आउने बाटाहरु सुक्दै गएका छन्। सायद यहि कारण राष्ट्र बैंकले यस्तो निर्णय लिएको हुनुपर्छ। तर, यसले समस्याको समाधान हुँदैन्। आय बढाउने काममा ध्यान केन्द्रित गर्नुपर्छ।

विकास खर्च हुन सकेको छैन्। पुँजी परिचालन सही ढंगबाट हुन सकेको छैन्। तर, यो खालको परिस्थिति अर्थमन्त्रीकै कारण आएको भन्नुचाहिँ पूर्वाग्रही हुन्छ।

अहिलेको अवस्था देखिनुको समस्या अर्थमन्त्रीमा हो कि परिस्थिति खराब ? अहिले जुन परिस्थिति बनिरहेको छ, यस पछाडि एउटा व्यक्ति मात्रै दोषी छैन्। एक जना मन्त्रीले चाहेर मात्रै केही हुने परिस्थिति छैन्। हो, अर्थतन्त्रका सूचकहरु ओरालो लागेका छन्, स्थिति खराब बन्दै गएको छ। तर, यो अवस्था आउनु पछाडि २०६२/६३ देखि हामीले जे गर्यौ त्यो सबैको परिणाम हो। कोभिडका बेला जे भोग्यौ त्यसको परिणाम हो। सही ठाउँमा सही व्यक्ति छनोट हुन सकेनन् होला। ठिक कदम चालिएनन्, विकास खर्च हुन सकेको छैन्। पुँजी परिचालन सही ढंगबाट हुन सकेको छैन्। तर, यो खालको परिस्थिति अर्थमन्त्रीकै कारण आएको भन्नुचाहिँ पूर्वाग्रही हुन्छ।