सांकेतिक तस्बिर

समाचार

मोटरसाइकल दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु

By खबरहब

March 12, 2022

चितवन – मोटरसाइकल दुर्घटना हुँदा चितवनमा तीन जनाको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा इच्छाकामना–३ का ३० वर्षीया तृकी गुरुङ र उनका छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिएका छन् ।

मोटरसाइकल इच्छाकानमा गाउँपालिका वडा नम्बर २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।