बलिउड/हलिउड

सनी लियोनी बंगलादेश जान नपाउने

By खबरहब

March 12, 2022

काठमाडौँ – बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’दिन पुनः अस्वीकार गरेको छ ।

बंगलादेशले यसअघि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’दिएको थिएन । बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन् । जसकारण निर्माताले सुटिङ रोक्नु परेको छ ।

सनीका लागि यो पहिलो बंगलादेशी फिल्म हो । बंगलादेशका कैयौं इस्लामिक समूहहरुले सनीलाई आफ्नो देशमा नआउन चेतावनी दिइरहेका छन् । उनीहरुले सनीलाई सरकारले बंगलादेश आउने अनुमति दिए आफूहरुले सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सनीबाहेक फिल्म ‘सोल्जर’का अन्य भारतीय कलाकारलाई बंगलादेशले फिल्मको सुटिङ गर्न अनुमति दिएको थियो । यो फिल्मको निर्देशन शमीम अहमद रोनीले गरिरहेका छन् । बंगलादेश सरकारले सनीबाहेक १० कलाकारलाई ६ मार्चदेखि सेप्टेम्बर ४ सम्मका लागि ‘वर्क परमिट’दिइसकेको छ।

यसअघि सन् २०१५ मा सनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिएको थिएन । एक कार्यक्रममा सहभागिता जनाउन बंगलादेश जाने योजना बनाएकी सनीलाई त्यहाँका इस्लामिक समूहले विरोध गरेपछि ‘वर्क परमिट’पाएकी थिइनन् ।