फाइल फोटो

राजनीति

जसपाको संघीय परिषद् बैठक बस्दै

By खबरहब

March 12, 2022

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् बैठक आज बस्दैछ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रतिवेदन, आसन्न स्थानीय तहको निर्वाचन र पार्टीको विधान सम्मेलनमा छलफल केन्द्रीत हुनेछ।

थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बस्ने बैठकमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेश गरेपछि छलफल आरम्भ हुनेछ।

पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव एकलौटी ढंगले चलेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराई पक्षले पार्टीभित्र मोर्चाबन्दी गरिरहेका छन्। अध्यक्ष यादवविरुद्ध हस्ताक्षर संकलन समेत गरिसकेका छन्।

जसपाले फागुन २९ र ३० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।