समाचार

जुम्लामा छोरीलाई सम्पत्ति दिने परिवारहरूलाई सम्मान

By खबरहब

March 12, 2022

जुम्ला– जुम्लाको हिमा गाउँपालिकाले छोरीलाई सम्पत्ति दिने परिवारहरूलाई सम्मान गरेको छ ।

महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत् छोरीलाई पनि छोरा सरह समान सम्पत्ति दिएका घर परिवारलाई सम्मान गरिएको हो ।

पालिकाले गाउँपालिकाभित्रका छोरीलाई सम्पत्ति दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।

उनले भनिन्, ‘छोरा हुन् वा छोरी दुवै बराबरी भन्ने सरकारी नारालाई कार्यान्वयन गर्नका लागि छोरीलाई सम्पत्ति दिने र छुइ प्रथा नबार्ने परिवारलाई पनि सम्मान गरिएको हो ।’

उपाध्यक्ष रोकायाका अनुसार सबै पालिकाले यो नारालाई कार्यान्वयन गर्नुपर्छ ।

सम्मान पाउनेमा जिरु रोकाया, खम्मा शाही, देबुसुनार, मुगा शाही, डुगल शाही, आनन्द शाही रहेका छन् ।