आर्थिक

आयात बढाउन चिनियाँ पक्ष सहमत

By खबरहब

March 12, 2022

रसुवा- रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ ।

रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमाका अधिकारीबीच भएको भर्चुअल वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

कोभिड १९ सक्रंमणका कारण घट्दै आएको आयात वृद्धि गराउन र  नेपाली बजारको माग पूरा गर्न लागि गरिएको प्रयास फलदायी भएको  रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । 

पहिलो चरणमा तीन कन्टेनर बाट छ हुँदै नौ वटा कन्टेनर बाट  सामग्री आयात भइरहेको रसुवा प्रजिअ  जैसीले बताए । अव मार्च १५ देखि  दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उनले बताए।

चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि स्थानीय व्यापारी र व्यवसायीहरू सबैमा उत्साह बढेको छ।  

मार्च १५ देखि  दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनरमार्फत  सामग्री  रसुवागढी आउन भएपछि नेपालका व्यवसायी तथा  नेपालका  कन्टेनर काम बढ्ने छ ।