तस्वीर- डन

अन्तर्राष्ट्रिय

युएई भाग्न लागेका पाकिस्तानी विपक्षी नेता पक्राउ

By खबरहब

March 12, 2022

काठमाडौं- पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ । पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज पिएमएल—एन का नेता तथा पूर्व सिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो ।

उनलाई शुक्रबार कराँचीबाट पक्राउ गरिएको सरकारी अधिकारीहरुले पुष्टि गरेको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् ।

नेता खान विमानमार्फत् भागेर संयुक्त अरब इमिरेट्स युएई प्रस्थान गर्न लागेको बेला पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनलाई भ्रष्टाचारको आरोप लगाउदै पक्राउ सूचीमा यसअघि नै राखिएको थियो । पक्राउ गरिएपछि अब अरु कानुनी प्रक्रिया सुरु हुने अधिकारीहरुको भनाई छ ।