प्रतिकात्मक तस्वीर

आर्थिक

पछिल्लो सात महिनामा नेपालमा १३ अर्बको धान आयात

By खबरहब

March 12, 2022

काठमाडौं- चालू आर्थिक वर्षको पहिलो सात महिनामा रु १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।

बगंलादेशबाट रु १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट रू तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ । 

भन्सार विभागका अनुसार केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको छ । 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागको तथ्यांकमा  उल्लेख छ  ।