फाइल फोटो

राजनीति

टोलटोलमा सङ्गठन विस्तार गरौँ- महासचिव पोखरेल

By खबरहब

March 12, 2022

काठमाडौं- नेकपा (एमाले)का महासचिव शकंर पोखरेलले सगंठनको सामर्थ्य निर्माणका लागि टोलटोलमा सगंठन विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

 स्थानीय तह निर्वाचन केन्द्रित आज आयोजित पार्टी प्रशिक्षणमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचन बलियो शक्तिका रूपमा उदाउने दाबी गरेका हुन् ।

 पार्टी विभाजनको मुख्य एजेण्डा एक व्यक्ति, एक पद र एमसीसी रहेकोमा ती दुवै एजेण्डा सत्ता गठबन्धनमा सामेल पार्टीका नेतृत्वबाटै कति पालना भयो, भएन भन्ने देखि सकिएको महासचिव पोखरेलले भने ।

 आगामी निर्वाचनका माध्यमबाट पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै उनले नेपालको संसदीय प्रणालीमा दलीय अनुशासन  उल्लघंन गर्ने कार्यबाट राजनीति दिशाविहीन बन्न राजनीतिक निर्वाचनका माध्यमबाट ठिक मार्गमा ल्याइने बताए  ।

आकाश, जमिन र समुद्रमा पनि नेपालको अधिकार स्थापितका लागि ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरेका थिए ।