समाचार

कोरोना अपडेट -आज थपिए ७३ जना कोरोना संक्रमित

By खबरहब

March 12, 2022

काठमाडौं- नेपालमा  कोभिड १९ को सक्रंमण क्रमश:कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेकाले  चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ६२ जनाको परीक्षण गरिएकोमा ७३ जनामा  कोरोना भाइरस सक्रंमण पुष्टि भएको छ । सोही अवधिमा १९२ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

हाल देशभर पाँच हजार ५० जना सक्रिय सङ्क्रमित रहेका र १०६ जना क्वारेन्टिनमा बसेका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख १३ हजार चार जनाले कोभिड १९ विरुद्ध खोप लगाएका उक्त मन्त्रालयले जनाएको छ । खोप अभियान सुरु भएयता चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप लगाइसकिएको छ ।  भने एक करोड ८६ लाख ११ हजार ६२६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।  एक करोड ८३ लाख ९९ हजार ४५१ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । आजसम्ममा १६ लाख ३८ हजार ५३६ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाएका  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ  ।