खेलकुद

बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

By खबरहब

March 12, 2022

काठमाडौं-  प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ आजबाट औपचारिक रुपमा सुरु भएको छ ।  

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले खेलकुद प्रतियोगिताको उद्घाटन आज गरेका हुन् ।

उद्घाटन कार्यक्रममा सांसद जीवन राम श्रेष्ठ, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, राखेप निमित्त सदस्य सचिव कुलबहादुर थापा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।