समाचार

चीनसँग भएको बीआरआई सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

By खबरहब

March 12, 2022

बारा– चीन सरकारसँग भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन भएको छ ।

शनिबार बाराको कलैयामा राष्ट्रिय एकता अभियानसम्बद्ध राष्ट्रिय विद्यार्थी परिषदले बीआरआई सम्झौता सार्वजनिक गर्नुपर्ने भन्दै प्रदर्शन गरेको हो । त्यसक्रममा परिषद्का विद्यार्थीहरूले चिनियाँ राष्ट्रपति सि जिनपिङको फोटो पनि जलाएका छन् ।

सन् २०१७ मा तत्कालीन नेकपा सरकारले ब्याजदरमा चीनसँग ऋण सम्झौता गरेको र यसको दस्तावेज गोप्य राखिएको दाबी गर्दै सार्वजनिक गर्न परिषदका केन्द्रीय संयोजक विवेक कुशवाहाले माग गरेका छन् ।

उनले भने ‘तत्कालीन कम्युनिष्ट सरकारले चीनसँग गरेको गोप्य समझौताको आधिकारिक कागजात सम्पूर्ण जनतालाई अध्ययनका लागि तुरन्त उपलब्ध गराऊ ।’

श्रीलंकाकै अवस्थामा नेपाललाई पुर्‍याउने गरी बीआरआईमा कम्युनिस्टहरूले राष्ट्रघात उनीहरूको आरोप छ ।