प्रतिकात्मक तस्वीर

खेलकुद

झापा गोल्डकपमा घरेलु टोली झापा ११ फाइनलमा 

By खबरहब

March 12, 2022

झापा- झापा गोल्डकपको प्रतियोगितामा घरेलु टोली झापा ११ विजयी भएको छ ।

आज भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो ।

 झापाको जितका लागि विमल घर्तीमगरले दुई गोल गरे । उनले खेलको १६ औँ र ५८ औँ मिनेटमा गोल गरे । १६ औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । अर्को गोल ५८ औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे ।

जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौथो भेट हो । यसअघिको फाइनलमा भएका तीनवटै भेटमा आर्मीले जित निकालेको छ ।

फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल सोमबार हुनेछ । गोल्डकपको विजेताले रु १२ लाख ५५ हजार र उपविजेताले रु छ लाख पाँच हजार नगद प्राप्त गर्ने आयोजकका महासचिव गजेन्द्रबहादुर पौडेलले जनाएका छन् ।