अपराध

संखुवासभामा जग्गा जालसाजी, एमालेका नेतासहित ७ जना पक्राउ

By खबरहब

March 12, 2022

संखुवासभा– संखुवासभामा जग्गा जालसाजीको आरोपमा एमालेका नेतासमेत रहेका वडा अध्यक्षसहित सात जना पक्राउ परेका छन् ।

जग्गाधनीलाई थाहै नदिई जग्गा रजिष्ट्रेसन गराएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ का अध्यक्ष किङ्साङ भोटे, सुरेन्द्र तामाङ, कल्पना भोटे, डिमालाजुङ भोटे, अनिस गुरुङ, पासाङ शेर्पा र महेन्द्र पराजुली छन् ।

वडाध्यक्ष भोटेसहित अभियुक्तहरूले बिममाया तामाङको २७ रोपनी जग्गा अरु व्यक्तिको पास गराएको थिए । उनीहरूलाई शनिबार सार्वजनिक गरिएको हो ।