राजनीति

समस्या समाधान गर्ने पार्टी एमाले हो -अध्यक्ष ओली

By खबरहब

March 12, 2022

पर्सा- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा उनले देश बनाउने जिम्मेवार पार्टी एमाले भएको दाबी गरेका हुन् ।

जनताका दुःखकष्ट सम्बोधन गर्ने र उनीहरूका समस्या समाधान गर्ने  पार्टी एमाले भएको बताउँदै अध्यक्ष ओलीले भने  जनताका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने पार्टी एमाले हो ।

वर्तमान अवस्थामा एमाले प्रतिपक्षमा भए पनि एमालेमाथि सबैको विश्वास रहेको बताउँदै उनले आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बनेर अगाडि आउने ओलीले दाबी गरेका छन्   ।