राजनीति

गृहमन्त्री खाँण भन्छन्– ‘कालोझण्डा देखाउनेप्रति सम्मान छ’

By खबरहब

March 12, 2022

रुपन्देही– गृहमन्त्री बालकृष्ण खाँणले कालोझण्डा देखाउने जनमत पार्टीका कार्यकर्ताप्रति सम्मान  रहेको बताएका छन् ।

शनिबार रुपन्देहीको धकधईमा कार्यकर्ता भेलामा जाने क्रममा गृहमन्त्री खाँणलाई जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।

भेलामा सम्बोधनका क्रममा मन्त्री खाँणले कालोझण्डा देखाउने अधिकार नेपाली काँग्रेसले नै प्रदान गरेको भन्दै झण्डा देखाउनेप्रति सम्मान रहेको बताएका हुन् ।

किसानहरूको हितलाई लिएर लामो समयदेखि आन्दोलनमा रहे पनि माग सम्बोधन नगरेको भन्दै जनमतका कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।