फाइल फोटो

देश/प्रदेश

रुकुम पश्चिमको टावरमा खराबी आउँदा डोल्पामा सञ्चार सेवा अवरुद्ध

By खबरहब

April 12, 2022

सुर्खेत – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा डोल्पामा सञ्चार सेवा अवरुद्ध भएको छ।

दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र , रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट वञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । यत्ता नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जले प्राविधिक सहितको टोली मंगलबार पठाउने काम सुरु भएको बताएको छ । चुनावको मुखैमा सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालनमा रहँदा पनि राम्रो सँग काम नगर्ने , आवाज नबुझिने समस्या रहेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए।