फाइल तस्वीर

अन्तर्राष्ट्रिय

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्रीलाई मोदीको बधाई

By खबरहब

April 12, 2022

काठमाडौं– नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् मोदीले पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेकोमा शहबाजलाई बधाई दिएका हुन् ।

उनले भारतले यस क्षेत्रमा आतंक रहित शान्ति र स्थायित्व चाहेको बताउँदै यसले विकासका चुनौतीमा ध्यान केन्द्रित गर्न र जनतालाई सुख समृद्धिको प्रत्याभूत गर्न मद्दत पुग्ने टिप्पणी गरेका छन् ।

 

Congratulations to H. E. Mian Muhammad Shehbaz Sharif on his election as the Prime Minister of Pakistan. India desires peace and stability in a region free of terror, so that we can focus on our development challenges and ensure the well-being and prosperity of our people.

— Narendra Modi (@narendramodi) April 11, 2022


‘म महामहिम मियाँ मुहम्मद शहबाज शरिफलाई पाकिस्तानको नयाँ प्रधानमन्त्री निर्वाचित भएकोमा बधाइ दिन चाहन्छु ।’ उनको ट्विटमा उल्लेख छ, ‘भारतले यस क्षेत्रमा आतंक रहित शान्ति र स्थायित्व चाहेको छ ता कि हामी हाम्रा विकासको चुनौतीमा ध्यान केन्द्रित गर्न सकौँ र हाम्रा जनताको सुख र समृद्धि प्रत्याभूत होस् ।’