समाचार

प्रधानसेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच जंगीअड्डामा भेटवार्ता

By खबरहब

April 12, 2022

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबिच भेटवार्ता भएको छ । नायरले भद्रकालीस्थित जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।

प्रधानसेनापति शर्माको कार्यालयमा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटघाटले दुई देशका सेनाबीचको सम्बन्ध सुमधुर बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।