आर्थिक

नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा मेगा बैंकका ग्राहकलाई विशेष छुट

By खबरहब

April 12, 2022

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।

मेगा बैंक र दराजबीच भएको सम्झौताअनुसार मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत छुट पाउने छन् ।

यसैगरी, क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । छुट सुविधाका लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्ने भएको छ ।

आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिन सकिने मेगा बैंकले जनाएको छ ।

नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले मेगा बैंकले यो सम्झौता गरेको हो ।