राजनीति

माओवादी नाममा मात्र छ, भाँडो रित्तो भइसक्यो– ओली (भिडियोसहित)

By खबरहब

April 12, 2022

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको भाँडो रित्तिसकेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जिउमा बसेको माखाँ हम्किने पुच्छरसँग तुलना गरेका छन्। मंगलबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ती दुबै पार्टीको आलोचना गरेका हुन्।

उनले माओवादी केन्द्र अब पार्टी नभएर केन्द्र मात्रै भएको बताए। उनले सो पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहेको भन्दै अब सो पार्टी रित्तो भइसकेको बताए। ‘भाँडो रित्तो भइसक्यो। बिर्को मात्रै बाँकी छ’, उनको भनाइ छ।