तस्वीर- युट्युब/किर्गिज स्पोर्ट्स टीभी/स्क्रिनग्राब

खेलकुद

फुटसलमा नेपालको लगातार तेश्रो हार

By खबरहब

April 12, 2022

काठमाडौं–  एएफसी फुटसल एसियन कपको छनोटअन्तर्गतको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । किर्गिजस्तानको बिश्खेकमा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित भएको हो ।

नेपालका लागि खेलको दोस्रो हाफमा सुमित श्रेष्ठले सान्त्वना गोल गर्न सफल भए । अफगानिस्तानसँगको खेलमा पराजित भएसँगै नेपाल छनोटमा जितविहीन भएको छ ।

यसअघि सोमबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ गोलअन्तरले पराजित भएको थियो । आइतबार भएको पहिलो खेलमा उज्बेकिस्तानसँग ५–१ गोलअन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिता अघि भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल किर्गिज क्लब डर्डोइसँग ३–१ र दोस्रो मैत्रीपूर्ण खेलमा फरवाटर एफसीसँग २–० गोलअन्तरले पराजित भएको थियो ।

‘हामीले अघिल्ला वर्षभन्दा धेरै मेहेनत गरेका थियौँ । दुःखद कुरा हो, हामी छनोट हुन सकेनौँ । तर, आगामी वर्ष हामी गल्ती सुधारेर जित्नको लागि पक्कै आउने छौँ ।’ राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले खेल सकिएपछि प्रतिक्रिया दिए ।