तस्वीर- युट्युब/भीयू स्पोर्ट स्ट्रिमिङ/स्क्रनिग्राब

क्रिकेट

प्रो क्लब क्रिकेटमा मलेसियाको दोस्रो जित

By खबरहब

April 12, 2022

काठमाडौं- मलेसिया ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा मलेसियाले नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गर्दै जित निकालेको हो  ।

टस जितेर बलिङ रोजेको मलेसियाले नेपाल पुलिसलाई १९ ओभर ४ बलमा ९९ रनमै समेट्न सफल भयो । नेपाल पुलिसका लागि प्रेम तामाङले अविजित २८ रन र पवन सर्राफले २५ रन जोडे । 

१०० रनको लक्ष्य मलेसियाले १७ ओभरमा ९ विकेट गुमाएर भेटायो । मलेसियाको जितमा नजरिल रहमानले २७ र शर्विन मुनियान्दीले अविजित १८ रन जोडे ।

नेपालका पवन सर्राफले ३ तथा सागर ढकाल, करन केसी, मन्जित श्रेष्ठ र गुल्सन झाले १–१ विकेट लिए । खेल जितेसँगै मलेसिया ४ अंकसहित समुह ए तालिकाको दोस्रो स्थानमा छ । पराजित भएको नेपाल पुलिस भने तालिकाको पुछारमा छ । तालिकामा रूपन्देही ११ ४ अंकसहित शीर्ष स्थानमा छ भने पुश स्पोर्टस २ अंकसहित दोस्रो स्थानमा छ ।