ट्राभल

दक्षिण कोरियाली आरोही सुङ तेक होङले सातौँ पटक ल्होत्से आरोहण गर्ने

By खबरहब

April 12, 2022

काठमाडौं– प्रख्यात दक्षिण कोरियाली आरोही सुङ तेक होङले दक्षिणी मोहोडाबाट ल्होत्से हिमालको सातौँ पटक आरोहण गर्ने भएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा होङले यसबारे जानकारी दिएका हुन् । ‘दक्षिणी मोहोडाबाट म ल्होत्से आरोहणको सातौँ प्रयास गर्दैछु ।’ ५५ वर्षे होङले भने ।

उनको आरोहण दलमा उनीसँगै म्युङ सुक कोह, ब्योङ ताए, जुपिल पार्क, नाक्जोङ सोङ, जाए चुल किम, योर्गे एगोक्सेरागा रोड्रिग्वेज र भादिम पिर्मिन ड्रुले गरी ८ सदस्य छन् ।

आरोहण दलमा थप १४ शेर्पा पनि सहभागी हुने आरोहण अभियानको व्यवस्थापक सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

विश्वको चौथो अग्लो ल्होत्से हिमाल आरोहणका हिसाबले विश्वकै सबैभन्दा कठिनमध्ये एक हो । यसअघि होङले सन् १९९५ मा तिब्बती मोहोडाबाट सगरमाथा आरोहण गरिसकेका छन् ।

उनी ल्होत्से आरोहणका लागि बुधबार लुक्ला तर्फ लाग्ने जनाइएको छ ।